काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनासंख्या मन्त्रालयका अनुसार शुक्रबार ५१ जनामा कोरोना पुष्टि भएको हो।
आज २ हजार ५ सय ९२ पीसीआर र ३ हजार ३ सय २२ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।
नेपालमा शुक्रबार पनि कोरोनाबाट मृत्यु संख्या शून्य नै रहेको छ। त्यस्तै, थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन्।
हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।



लोकपाटी न्यूज

