काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या जनसंख्या मन्त्रालयका अनुसार मंगलाबार ७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७३४ जना र एन्टिजेन विधिबाट ३ हजार १५० जनामा परीक्षण भएको थियो। जसमा एन्टिनेज विधिबाट २६ र पीसीआर विधिबाट भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन्।



लोकपाटी न्यूज

