काठमाडौं। नेपाली बजारमा मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज सेयर बजार १७.१५ अंकले घटेको हो। ०.६४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५०.९७ अंकमा झरेको छ।
आज ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रुपैयाँको सेयर कारोबार भएको छ। २ सय २९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाल दूरसञ्चार कम्पनी सबैभन्दा धेरै सेयर कारोबार भएको छ। ३४ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सबैभन्दा धेरै सेयर मूल्य पनि सोही कम्पनीको घटेको छ। आज कम्पनीको ५।१३ प्रतिशतले सेयर मूल्य घटेको हो।
कम्पनीले आज मात्रै बोनस घोषणा गरेको थियो। सबैभन्दा धेरै सेयर मूल्य इमर्जिङ नेपाल लिमिटेडको वृद्धि भएको छ। सो कम्पनीको आज ९.९८ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो।



लोकपाटी न्यूज

