डोल्पाको जिल्ला समन्वय समिति गठन सम्पन्न

लोकपाटी न्यूज

नरेश पोखरेल, डोल्पा। अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति डोल्पाको गठन सम्पन भएको छ। महासंघको महासचिव एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कमरेड प्रमेश पोखरेलको प्रमुख अतिथिमा तथा जिल्ला पार्टी नेतृत्व र जिल्लाका सवै पालिका कमरेडहरूको उपस्थितिमा यही फागुन २८ गते भेला सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि हाम्रो गौरवशाली पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेलबाट कार्यक्रमलाई विशेष सम्बोधन गरे। उनले पार्टीको जनआधारको जग भनेको किसानहरू भएको र अखिल नेपाल किसान महासंघको भूमिका महत्त्वपूर्ण रहेको बताए । महासंघमा आबद्ध कमरेडहरू संगठनलाई व्यवस्थित र सशक्त बनाएर अगाडि बढाउन सबै कमरेडहरू सशक्त र जागरूक भएर लाग्नुपर्दछ र हरेक युवा, महिला र व्यक्ति व्यावसायिक उत्पादनमा जोडिएर उत्पादनशील नागरिकको पहिचान स्थापित गर्न, कृषि बाट नै राज्यको अर्थतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने निर्देशनात्मक भनाइ मार्फत कार्यक्रमलाई सम्बोधन गरे। महासचिव ले डोल्पा जिल्ला मा जडीबुटी, फलफूल, तरकारी पशुपालन तथा कृषि पर्यटनको ठुलो सम्भावना रहेको बताए।

प्रशिक्षणमूलक मन्तव्यको क्रममा महासंघको कृषि क्रान्ति र खाद्य सम्प्रभुता लगायत महासचिव कमरेड प्रमेश पोखरेलद्वारा अन्तर्राष्ट्रिय किसान आन्दोलनको महत्त्वपूर्ण उपलब्धि स्वरूप रहेको संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको किसान अधिकार घोषणापत्र र नेपाली किसानहरूको अधिकारका विषयमा विचार व्यक्त गर्दै कृषि उत्पादनको व्यवसायीकरण, उद्यमशीलता र मूल्य श्रृङखला लगायतको विषयमा प्रशिक्षण भएको थियो।

यस भेलाले कमरेड चन्द्र बहादुर रोकाय अध्यक्ष र ज्ञानेन्द्र कुमार शाही सचिव रहेको ५१ सदस्यीय किसान संघको समिति गठन गरेको छ। साथै महासंघको घटक सङ्घहरू युवा किसान संघ, महिला किसान संघ, जडीबुटी उत्पादक किसान संघ, लगायत ११ बटा विषयगत समितिको गठन भएको छ। भीम धरालाको नेतृत्व मा २५ सदस्यीय युवा किसान संघ बनेको छ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य तथा जनप्रतिनिधि हरूको उपस्थिति रहेको थियो। युवा किसान नेता जीवन शाही, पार्टी जिल्ला सचिव हरि प्रसाद डागी लगायत ले मन्तव्य राखेका थिए। महासचिवले स्थानीय उवा, कागुनो, मास, कालो दाल, कोदो, जौ, लगायत को उत्पादन र उपभोग प्रवर्धन गर्न तथा स्थानीय किसानहरूको समस्या समाधान गर्न महासङ्घको नवगठित नेतृत्वलाई निर्देशन दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्