दार्चुल दुर्घटना : मृतकप्रति प्रधानमन्त्रीले दिए श्रद्धाञ्जलि

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन । दार्चुलमा शुक्रबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्विटमार्फत मृतकहरूप्रति श्रद्धाञ्जलि तथा पीडित परिवारप्रति समेवदना व्यक्त गरेका हुन्।

यस्तै प्रधानमन्त्री ओलीले जिप दुर्घटनामा बचेका एक मात्र घाइते चालकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

दुहुँ गाउँपालिका ३ राताकाठा क्षेत्रमा शुक्रबार राति भीरबाट जिप खस्दा ११ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्