कांग्रेसले सांसद पद पैसामा बेच्यो : पूर्वराष्ट्रपति यादव

ram-baran-yadav-7
लाेकपाटी न्यूज

काठमाडौँ, १८ फागुन । पूर्वराष्ट्रपति डा. रामवरण यादव नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले सांसद पद पैसामा बेचेको आरोप लगाएका छन्।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उनले कांग्रेसले पैसासँग सांसद पद साटेको आरोप लगाएका हुन्। तर, राजनीतिक दलहरुमा प्रजातान्त्रिक पद्दतिको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

काङ्ग्रेसको तर्फबाट राष्ट्रपति बनेका डा. यादवले भने, ‘नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले पैसामा सांसद पद बेच्नु दुर्भाग्य हो। यसले प्रजातान्त्रिक संस्कार र पद्दतिलाई कमजोर पार्छ।’

युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिए। ‘विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक छ,”– उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्