काठमाडौं। हङकङले कोभिड-१९ को पाँचौं लहर देशमा व्यापक मात्रामा फैलिएपछि आफ्ना सबै नागरिकगको परीक्षण गर्ने धारण सार्वजनिक गरेको छ। उक्त परीक्षणको अवधिमा देशमा लकडाउन खास्सै कडा नहुने पनि हङकङले बताएको छ।
हङकङका यातायातमन्त्रीले सबै नागरिकको कोरोना परीक्षण गर्ने क्रममा पनि सहरको यातायातमा भने कुनै किसिमको अवरोध सिर्जना नहुने बताएका छन्। तर, आवश्यक सामग्री खरिदको लागि बाहिर जाँदा प्रत्यक घरबाट एक जनाले मात्र निस्किन पाउने छन्।
यद्यपि अहिलेसम्म कोरोना परीक्षण कहिले सुरु हुने भन्ने यकिन हुन सकेको छैन। मार्चको अन्तिमबाट कोरोना परीक्षणको काम सुरु हुन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।



लोकपाटी न्यूज

