काठमाडौं। प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ। आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो।
आज (आइतबार) केही बेर बसेको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको छ। आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस भएको छ।
त्यस्तै, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि आइतबारको बैठकमा पढेर सुनाइएको छ।



लोकपाटी न्यूज

