सिंगापुर। सिंगापुरले रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको छ। रुसबाट हुने सामान आयात सीमित गर्ने र केही रुसी बैंकमाथि प्रतिबन्ध लगाउने सिंगापुरले घोषणा गरेको हो ।
त्यस्तै, रूस र रूसको केन्द्रीय बैंकसँग सहयोग गर्न सक्ने कुनै पनि वित्तीय संस्थासँग क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने सिंगापुरले निर्णय लिएको छ।
सिंगापुरले रुसविरुद्ध उपयुक्त प्रतिबन्ध लगाउन समान विचार भएका देशसँग मिलेर काम गर्न चाहन्छ, ‘सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले संसदमा भनेका थिए।’
सिंगापुर आफ्नो क्षेत्रीय छिमेकीहरूमा प्रतिबन्ध लागू गर्ने पहिलो देश हो। यद्यपि दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का अन्य सदस्य राष्ट्रहरूले रुसको कदमको निन्दा गरेका छन्।



लोकपाटी न्यूज

