रूस युक्रेनमाथि योजनाबद्ध आक्रमण गरिरहेको छ : पुटिन

Vladimir_Putin
लोकपाटी न्यूज

काठमाडौं। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेनमा आक्रमण योजना अनूरुप गरिरहेको बताएका छन्।

उनले बिहीबार रूस र युक्रेनबीच भएको सहमति कार्यान्वयन गर्न मस्को तयार रहेको रसियाको सुरक्षा परिषदको बैठकमा धारणा राखेको टेलिभिजनमा प्रशारण गरिएको अलजजीराले जनाएको छ।

उनले दुवै पक्ष भएको सहमतिअनुसार युक्रेनमा फसेका गैरसैनिक व्यक्ति सुरक्षित रूपमा सुरक्षित स्थानमा जान दुवै पक्षले मानवीय करिडोर (बाटो) पहिल्याउने छन्।