कस्ताे छ नेता भरतमाेहनकाे स्वास्थ्य ?

Bharatmohan
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन । पूर्व उप प्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झन् जटिल बनेको छ ।

उनलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको हो ।

मेडिसिटी अस्पतालमा एक महिनाको प्रयासपछि पनि स्वास्थ्यमा सुधार नआएपछि केही साता अघिदेखि उनी ह्याम्स अस्पतालमा उपचाररत छन् ।

८३ वर्षीय अधिकारीको अवस्था जटिल बन्दै गएपछि नेपाल कम्युनिष्ट पार्टीनेकपाका नेताहरु उनलाइ भट्न अस्पताल जान थालेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार अस्पताल पुगेर अधिकारीको स्थिति बुझेका छन् । नेता खनालले अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिए ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्