‘सहनुको विकल्प छैन’: अध्यक्ष प्रचण्ड

prachand
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका परिवारजनलाई भेट गरी समवेदना प्रकट गरेका छन् ।

बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर अध्यक्ष प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।साथै उनले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताए ।

सचिवालयका अनुसार प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्