काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे निर्णायक छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बोलाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन्।
एमसीसी संसदमा पेश गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय आज अपरान्ह ३ बजे बस्ने गठबन्धन दलहरुको बैठकले गर्ने छ।
बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले दलहरुबीच सहमति नगरी एमसीसी टेबल गर्न नहुने निर्णय गरेपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका हुन्।



लोकपाटी न्यूज

