एनआरएनएको चुनावी कार्यतालिका सार्वजनिक

लोकपाटी न्यूज

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावी कार्यतालिका सार्वजनिक भएको छ। संघले बुधबार चुनावी कार्यक्रम सार्वजनिक गरेको हो। आगामी चैत ७ र ८ मा हुने चुनावको कार्यतालिका सार्वजनिक भएको हो।

कार्यतालिकाअनुसार फेब्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ मा मतदाता नामावलीमा दाबी विरोध र मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

यस्तै मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन दर्ता, मार्च ६ मा उम्मेदवारको नामावली प्रकाशन, मार्च ६ र ७ सम्म उम्मेदवारमाथि दाबी विरोध, ८ मार्चमा दाबी विरोधमाथि निर्णय, ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन र ११ मार्चमा उम्मेदवारी फिर्ताको कार्यतालिका छ।

यस्तै १२ मार्चमा मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मार्च २१ देखि २२ मा मतदान गर्ने र त्यसपछि मतगणना र नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्