एमसीसीको विरोध गर्ने दलहरु सरकारबाट हट्नु पर्छ : बाबुराम भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारबाट हट्नु पर्ने बताएका छन्।

सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताएका हुन्।

सामजिक सञ्जालमा लेख्दै भट्टराईले एमसिसीका समर्थक र विरोधीहरु एउटै गठबन्धन वा सरकारमा बस्न नमिल्ने उल्लेख गरेका छन्।

‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन’, भट्टराईले लेखेका छन्, ‘भेडा भेडासँग,बाख्रा बाख्रासँग हुनु राम्रो।’

एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच विमती भइरहेका बेला डाक्टर भट्टराईको यो अभिव्यक्ति आएको हो। नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पास नगर्ने अडानमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्