काठमाडौं। नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार तारानाथ शर्माको निधन भएको छ। उनको ८७ वर्षको उमेरका मंगलबार बिहान निधन भएको हो।
डिमेन्सिया रोगबाट ग्रसित शर्माको आज निधन भएको हो। उनी मुटुरोग, उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित थिए।
बिहान साढे ८ बजे काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित निवासमै उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले पुष्टि गरे। शर्माको आजै दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लेकालीले जानकारी दिए।
इलामको बरबोटेमा जन्मेका उनले सँस्कृत शिक्षाबाट पढ्न सुरु गरेका थिए। शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए।



लोकपाटी न्यूज

