काठमाडौं। मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ।
२०५२ साल फागुन १ गते माओवादीले विद्रोह सुरु गरेको दिनको सम्झनामा मनाउने जनयुद्ध दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको दिनलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ।
यही अवसरमा मधेश प्रदेशले सशस्त्र द्वन्द्वको समयमा सहिद भएका तथा सदस्य गुमाएका परिवारलाई तीन लाख रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ। सो अनुदानवापतको पहिलो किस्ताको एक लाख रुपैयाँ आजै दिईने तयारी गरिएको छ।
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

