लुम्बिनी प्रदेशमा महिलातर्फ गैरे विजयी

_Rajendralaxmi-gaire pic
लोकपाटी न्यूज

दाङ। राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशमा महिलातर्फ राजेन्द्रलक्ष्मी गैरे विजयी भएकी छन्। उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी थिइन्।

एमालेकी भारती खनाल उपाध्यायलाई पराजित गर्दै गैरे विजयी भएकी हुन्। उनलाई सत्तागठबन्धन आवद्ध अन्य दलले पनि समर्थन गरेका थिए।

गैरेले ४ हजार ३७४ मतभार पाउँदा उनकी प्रतिष्पर्धी उम्मेदवार उपाध्यायले ३ हजार ३१२ मतभार पाएकी छन्। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार रातिसम्म मत परिणाम आइसक्ने बताएका छन्।