शहिदको स्मृतिमा संयुक्त अखिलद्वारा शैक्षिक सामग्री बितरण

52857191_1177774215729291_498424168652472320_n
लाेकपाटी न्यूज

गोरखा, १४ फागुन । सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले आज जनयुद्धका प्रथम शहिद दिलवहादुर रम्तेल पढेको गोरखा स्थित ब्रह्माचारिणी आधारभुत विद्यालय पुगेर २४ औं स्मृति मनाएका छन्।

तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.सं. २०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलवहादुर रम्तेलको हत्या गरिएको थियो । माओवादीले रम्तेललाई जनयुद्धको पहिलो शहिद घोषणा गरेको थियो ।

आज संयुक्त अखिलले रम्तेल पढ्ने विद्यालयका सबै विद्यार्थीलाई कपि तथा कलम वितरण गर्यो। सोही अवसरमा सहिद रम्तेलका पिता सेते रम्तेल र ब्रम्हाचारिणी विद्यालयका सबै शिक्षकहरूलाई विशेष सम्मानसमेत गरिएको अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौलाले शहिद रम्तेलको सपना पूरा गर्न निरन्तर लागिरहने बताए ।

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेत , अनेरास्ववियु उपाध्यक्ष महेश वर्तौला , क्रान्तिकारी उपाध्यक्ष तिलकराज भण्डारी , विजय गौतम , दिपेश पुन र महासचिव उत्तम अधिकारी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्