काठमाडौँ, १३ फागुन। नयाँ शक्ति पार्टीको सांसद र गाउँपालिका अध्यक्षसहित रसुवाको सिंगो जिल्ला कमिटी निल्ने कांग्रेसको तयारीमा अन्तिममा धोका भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता गगन थापा लगायतका नेताहरू सांसद नै चोर्न पाउने भएपछि उत्साहित भएर सोमबार रसुवा पुगेका थिए ।
तर उनीहरू रसुवाबाट शून्यतामा फर्किएका छन् । नयाँ शक्तिका नेताहरूलाई पार्टी प्रवेश गराउने भन्दै कांग्रेस सभापति देउवा नै प्रभावशाली नेताहरू बोकेर रसुवा पुगेका थिए । तर, जो पार्टी प्रवेश गर्ने भनेका थिए, उनीहरूले नै फरार भएपछि कांग्रेस नेताहरू निरास भएर फर्किए ।
नयाँ शक्तिसँग ऐतिहासिक एकतासभा भनेर व्यानर बनाएको कांग्रेसले केही नपाएपछि केन्द्रीय नेताहरूलाई स्थानीय कलाकारको नृत्य देखाएर पठाएको छ ।
सोमबार रसुवाको नेपाली कांग्रेस र नयाँ शक्तिबीच एकता हुने र पाँच हजार कार्यकर्ता कांग्रेस प्रवेश गर्ने चर्चा गरिएको थियो। तर, अन्तिम समयमा आएर नेताहरु कांग्रेस प्रवेश गर्ने कार्यक्रममै नआएपछि नेताहरु निरास भएर फर्किएका हुन्।



लाेकपाटी न्यूज

