जब कोठा भाडाको सट्टामा ‘यौन’ भन्दै विज्ञापन छापियो!

Couple_Love
लोकपाटी न्यूज

एजेन्सी। आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ। उक्त विज्ञापनमा घरधनीले कोठा भाडाको सट्टामा यौन सम्पर्क गर्नुपर्ने माग राखेका छन्। उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ। यो सुविधा युवतीहरूका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ। आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुस्किल छ। भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरू।

के छ विज्ञापनमा ?

डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, ‘दक्षिणी डबलिनमा एउटा कोठा छ। एकल युवतीका लागि एउटा कोठा खाली छ। यसको भाडा तिर्नुपर्दैन। तर, थोरै रमाइलो गराउनुपर्ने हुन्छ। युवतीहरूले मात्रै सम्पर्क गर्नुहोस्।’

यसैगरी, अर्को विज्ञापनमा लेखिएको छ, ‘सेन्ट्री डबलिनमा एउटा कोठा छ। शहर नजिकै। घरसँगै कार पार्किङ छ। भने बस स्टपको पनि सुविधा छ। छिटो गर्नुहोस्। तर, सुन्दर युवतीले मात्रै सम्पर्क गर्नुहोस्।’

युवतीमाथि शोषण

डबलिनको ‘रेप क्राइसिस सेन्टर’की कार्यकारी निर्देशक नोएलिन ब्ल्याकवेलले यस्ता कोठा भाडाहरूको व्यवस्थाप्रति चिन्ता व्यक्त गरेकी छन्। उनले यस्ता व्यवस्थाले डेरावालाहरूको अधिकार हनन् भएको बताउँछन्। उनले डेरामा बस्नुको सट्टा यौन सम्पर्क गर्नुपर्ने अवस्थाले विकराल रूप लिइसकेको बताएकी छन्। नोएलिनले डेरा मालिकको इच्छाअनुसार डेरावालहरू हाजिर हुनुपर्ने भएकाले यौन शोषण हुनसक्ने सम्भावना भएको बताउँछन्।

उनी भन्छन्, ‘यस्तो डेरामा बस्न आउने युवतीहरू तार्किक रूपमा यौन सम्पर्कलाई सही मान्न थाल्छन् तर यो मन्जुरीबिना बलात्कार गर्नुजस्तै हो। यस्तो अवस्थामा डेरा मालिकले आफ्नै नियम बनाएका हुन्छन्। र आफ्नो इच्छाअनुसार यौनसम्पर्क गर्न बाध्य पार्छन्। डेरावालाहरू बस्ने ठाउँ पाएकोमा यौन सम्पर्क राख्न बाध्य हुन्छन्। उनीहरूमा कुनै पनि शक्ति हुँदैन त्यो नियमलाई इन्कार गर्ने।’

महँगो डेरा

आवासीय भाडा बोर्डले गत शुक्रवार प्रकाशित गरेको एउटा रिपोर्टका अनुसार सन् २०१७ पछि यस वर्ष सबैभन्दा बढेको छ। आइरल्याण्डमा औसत मासिक भाडा १ लाख १९ हजार रहेको छ। तर, हाल १ लाख ६३ हजार प्रतिमहिना रहेको छ।

आइरल्याण्ड सरकारले यस्ता विज्ञापनहरूको निन्दा गरेको छ। आइरल्याण्डका आवास मन्त्री ड्यारेग ओ ब्रायनले भनेका छन्, ‘म कुनै पनि यस्ता घटनाहरूको घोर विरोध गर्छु। डेराको बदलामा यौन सम्बन्धको माग गर्नु राम्रो कुरा होइन। यस्ता विज्ञापन देखेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्