एजेन्सी। विवाहपछि श्रीमानश्रीमतीबीच हुने खटपटले कहिलेकाहीँ सम्बन्धविच्छेद समेत गराउँछ। सम्बन्ध विच्छेदपछि श्रीमान र श्रीमतीमाथि विभिन्न प्रकारका नियमहरू लागू हुने गर्छ। तर, देश र कानुनअनुसार सम्बन्ध विच्छेद फरक-फरक प्रकृतिको हुन्छ।
कुनै देशमा सम्बन्धविच्छेदसम्बन्धी नियमहरू पनि सुन्दै डरलाग्दा हुन्छन्। न्युज डट कम डल एयूका अनुसार अष्ट्रेलियामा बस्दै आएका नोम हुपर्टलाई इजरायल बाहिर जान निषेध गरिएको छ। उनकी श्रीमतीले उनको विरुद्ध मुद्दा दायर गरेपछि उनलाई इजरायल छोड्न निषेध गरिएको हो।
इजरायलको एउटा अदालतका अनुसार उनलाई ९९९९ डिसेम्बर ३१ सम्म देश छोड्न नपाउने फैसला भएको छ। उनले यो सजायबाट बच्नका लागि ३ मिलियन डलर दिनुपर्ने हुन्छ। उनलाई उक्त पैसा बालबच्चाको लालन पालनका लागि दिनुपर्ने हुन्छ। अदालतले तोकेको पैसा तिरेमा मात्र उनलाई छुटकारा दिइने बताइएको छ।
यस प्रकरणमा बेलायतका पत्रकार म्यारिन्ने अजिजले यस्तो समस्या धेरै अष्ट्रेलियाका नागरिकलाई हुनसक्ने बताएका छन्। उक्त व्यक्ति सन् २०१२ मा आफ्ना दुई बच्चासहित इजरायल आएका थिए। उनकी श्रीमती इजराइलमा नै थिइन्। उनले सोही समयमा नै मुद्दा दायर गराएकी थिइन्।



लोकपाटी न्यूज

