पदम भण्डारीकाे गजल : मार्क्स लेनिन माओवादको, सार भेटियो

लोकपाटी न्यूज

मार्क्स लेनिन माओवादको, सार भेटियो ।
प्रचण्डको रिपोर्टमा ठोस, बिचार भेटियो ।

माओवादी एजेण्डामा, अरु दलको भन्दा फरक
देशको विकास गर्ने खाका, हजार भेटियो ।

अरु दलका कार्यकर्ता, भन्दा फरक माओवादी
कार्यकर्ताहरुको उत्साह, अपार भेटियो ।

सबै जाती धर्म लिङ्ग, क्षेत्रलाई समेटेर
सबैलाई गर्ने समान, ब्यवहार भेटियो ।

प्रचण्डलाई सम्झिएर, भित्रभित्रै जल्नेलाई
फेरि उसकै यादमा जल्ने, आधार भेटियो ।

  • पदम भण्डारी 
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्