चल्दाचल्दैकाे ट्रकमा आगाे लागेपछि…

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज

काठमाडाैं। दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘आगलागीका कारण टायरमा क्षति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षति भएको छैन ।’

ट्रकको पछाडिको टाएरमा आगलागी भएको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्