भोट नदिएको आधारमा कसैलाई विभेद गर्दिनँ : लिङ्देन

rajendra-ligden
लोकपाटी न्यूज

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मत दिएको वा नदिएको आधारमा कसैलाई विभेद नगर्ने बताएका छन् । शनिबार गृहजिल्ला झापाको विर्तामोडमा राप्रपाको जिल्ला समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका  हुन्।

उनले भने, ‘त्यो सकियो त्यसैदिन सकियो त्यसलाई बोकेर, त्यसलाई केलाएर हिँड्ने छुट मलाई छँदै छैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफूले आमूल परिवर्तन गर्ने भन्दै लिङ्देनले काम नगरिकन कोही नेता हुन नपाउने व्यवस्था गर्ने उद्घोष गरे । उनले भने,  ‘म पनि काम गर्छु र अरुले पनि उपरखुट्टी लगाएर बस्न पाउँदैनन्।’

काम गर्ने नेता कोही पनि पछाडि नपर्ने बताए । अब पार्टी फुट्ला कि भन्ने चिन्ता नगर्न आग्रह गर्दै लिङ्देनले भने, ‘अब यसलाई फुटाउने ठाउँ पनि छैन र फुटाउने ताकत पनि कसैसँग छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्