कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांकको अग्रता

shashank koirala congress
लोकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना जारी रहेकाे छ।

पार्टी कार्यालय सानेपामा पहिलो १ सय मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५३ मत पाएका छन् । १३ औं महाधिवेशनबट महामन्त्रीमा निर्वाचित कोइराला १४ औं महाधिवेशनमा सभापति पदको आकांक्षी थिए । तर अन्तिममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । उनलाई शेरबहादुर देउवाले पनि आफ्नो प्यानलमा राखेका थिए ।

दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले ४४, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एनपी साउदले ३७ मत पाएकाे निर्वाचन समितिले जनाएकाे छ। कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको हालसम्म पदाधिकारी र मधेसीतर्फको केन्द्रीय सदस्यको मात्र नतिजा आएको छ । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्