काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला अछामकाे बान्नीगढी जयगढ गाउँपालिकामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् ।
पछिल्लाे समय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय व्यक्तिवादी भएकाे भन्दै उनले कसैले पाखा लगाउन खोजेको खण्डमा त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए। रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे ।
यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । विगतमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टीभित्रका समस्या समाधानका लागि विद्रोह गरेको तर पार्टी हितविपरीत कुनै कार्य नगरेको उनले दाबी गरे ।
एमालेको नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको बताउँदै रावलले माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेको आरोप लगाए ।



लोकपाटी न्यूज

