राखेप सदस्य सचिव घिसिङलाई तत्काल कामकाज नगर्न सर्वोच्चको आदेश

लोकपाटी न्यूज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई तत्काल कामकाज नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश गरेको छ । न्यायाधीश हरि प्रसाद फुयाँलले बुधवार सो आदेश गरेका हुन् ।

यसअघिका सदस्य सचिव रमेश कुमार सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै फुयाँलले अन्तरिम आदेशका लागी छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले सदस्य सचिव नियुक्त गरेका सिलवालले आफ्नो कार्यावधि नपुगीकन वर्तमान सरकारले हटाउने निर्णय गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सिलवालले मन्त्रिपरिषद् समेत १० वटा निकायलाई विपक्षी बनाएका छन् । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले सिलवाललाई हटाएर टंकलाल घिसिङलाई परिषद्को सदस्य सचिवमा नियुक्त गरेको थियो । घिसिङले परिषदमा काम सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्