इन्डाेनेसियामा गयाे शक्तिशाली भूकम्प

Earthquack
लोकपाटी न्यूज

काठमाडाैं। इन्डोनेसियामा आज मंगलबार शक्तिशाली भूकम्प गएकाे छ। देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा ७.६ म्याग्नेच्यूडको भूकम्प गएको हाे ।

शक्तिशाली भूकम्प गएपछि आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । क्षतिकाे विवरण आएकाे छैन।

यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नेच्यूडको भूकम्प आएको थियो । –एजेन्सी