एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

Pradip_Gyawali
लोकपाटी न्यूज

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको ज्ञवालीले ट्विटरमार्फत् बताएका छन् ।

उनले आफूसँग ४–५ दिनयता भेट भएकाहरुलाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्