संसद् भवनअघि झडप, केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

लोकपाटी न्यूज

काठमाडाैं। दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंगलबार संसद भवन घेराउ गरेको छ । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो ।

संसद भवन घेराउकाे क्रममा झडप समेत भएकाे छ। साे क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो । यस्तै ती दलले मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय पनि घेराउ गरेको थियो भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो ।

संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जान सक्ने चर्चाका बीच ६ दलीय मोर्चा विराेधमा उत्रिएकाे हाे । छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्