काठमाडाैं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा करिब दुई हजार मत खसेको छ। मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो साढे चार बजेसम्म १ हजार ९९३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
१ सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान केन्द्रको व्यवस्था गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हालः राष्ट्रियसभा गृहमा ६८६ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा एक हजार ३०७ मत खसेको छ।
एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ। कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्थाछ । महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ।



लोकपाटी न्यूज

