‘निर्वाचन समिति निष्पक्ष हुन सकेन, संस्थापनको इसारामा चल्यो’

arjunnar singh kc
लोकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन् । उनले निर्वाचन समिति संस्थापन पक्षको इसारामा चलेको भन्दै निष्पक्ष हुन नसकेकाे आरोप लगाए।

उनले भने, ‘संस्थापनले जे भन्यो त्यो मान्यो । निर्वाचन समिति देखाउने दाँत मात्र हो । त्यसकारण समयमै गर्न खोज्दा पनि निर्वाचन समयमा सुरु हुन सकेन।’ शेखर कोइराला टीममा  रहेका नेता केसीले निर्वाचन निष्पक्ष हुनुपर्नेमा जाेड दिएका छन्।

बिहान ८ बजेबाट हुने भनिएको कांग्रेसकाे मतदान करिब १२ बजेदेखि मात्र सुरु भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्