पर्सि उम्मेदवारी दर्ता गर्ने तयारीमा छु : प्रकाशमान सिंह

prakashman sinha
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि हुनेछ भने पर्सि उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन । सहमतिका लागि प्रयास भइरहको बेला नेता सिंहले भने सभापतिमा गरेकाे दाबी कुनै हालतमा नछोड्ने बताएका हुन्।

सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिहरुसँग भेटवार्ता थालेका सिंहले सञ्चारकर्मीहरुसँग भने, ‘पर्सि उम्मेदवारी दर्ता गर्न मैले तयारी गरिसकेको छु ।’ सभापति दाबीबाट ब्याक हुने हाेइन आफू उम्मेदवारी दर्ताकाे तयारीमा जुटेकाे उनकाे भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्