काठमाडाैं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४औँ महाधिवेशनमा सभापतिका लागि प्रचार सुरु गरेका छन् । संस्थापनइतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार गर्न थालेका छन्।
संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकाङ्क्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतरपक्ष छलफलमा जुटेको छ । तर, कुनै निकास निस्कन सकेको छैन ।
प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनैजना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।



लोकपाटी न्यूज

