यौन जीवन : उज्यालोमा पुरुषको आत्मविश्वास घट्छ!

Couple_Love
लोकपाटी न्यूज

 पुरुषहरू उज्यालो भन्दा अँध्यारोमा सम्भोग गर्न रुचाउँछन्। सम्भोगका लागि पुरुषले किन अँध्यारो ठाउँ रोज्छन् त ? यसको निकै रोचक कारण पत्ता लागेको छ। बेलायतका शोधकर्ताहरूले गरेको अध्ययन अनुसार आफ्नो लत्रेको भुँडी देखाउन लाज लाग्ने हुनाले पुरुषहरू सम्भोगका लागि अँध्यारो रोज्ने गरेका हुन्।

पार्टनरले सम्भोगका बेला आफ्नो भुँडी नदेखुन् भन्ने चाहना पुरुषमा हुन्छ। सोही चाहनाका कारण पुरुषहरू उज्यालोमा सम्भोग गर्न खासै रुचि राख्दैनन् भन्ने दाबी शोधकर्ताहरूको छ। १ हजार ७७ जना बेलायती युवाहरूमा गरिएको अध्ययनले बत्ती बालेर वा उज्यालोमा सेक्स गर्दा पुरुषको आत्मविश्वास सबैभन्दा कम हुने देखाएको छ।

घरेलु पोषण आपूर्ति सेवा डाइट शेफले गरेको अनुसन्धानबाट एक चौथाइ बेलायती पुरुषहरू आफ्नो जिउकै लाजले गर्दा सम्भोगका बेला बत्ती निभाउँछन्। आफूलाई लाजमर्दो बनाउने आफ्नै जिउका अंगहरुको नाम लिनुपर्दा धेरै बेलायती पुरुषहरूले आफ्नो भुँडीलाई सत्तोसराप गर्ने गरेको समेत देखिएको छ। ६४ प्रतिशत बेलायती पुरुषले आफ्नो भुँडी सबैभन्दा मन नपर्ने अंग रहेको बताएका इन्डिपेन्डेन्टले जनाएको छ।

कण्डम उत्पादक कम्पनी ड्युरेक्सले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार बेलायती दम्पतीको यौन जीवनमा प्रविधिको बोलवाला बढ्दै गएको छ। ४० प्रतिशत बेलायतीहरूले प्रविधिका कारण आफ्नो यौन सम्बन्धमा नकारात्मक असर पुगेको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्