विश्वविद्यालय ज्ञान निर्माणको केन्द्र हाे : मन्त्री पौडेल

लोकपाटी न्यूज

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, सािहत, कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औैं वार्षिकोत्सव तथा प्रथम त्रियान प्रज्ञा सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै मन्त्री पाैडेलले विश्विद्यालय ज्ञान निर्माणको स्थल भएकाले अन्तर्राष्ट्रिय अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताएका हुन्।

विश्वविद्यालयको सहकुलपति समेत रहेका पौडेलले लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रहरुको एकीकृत अनुसन्धानका निमित्त संघ, प्रदेश साथै स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए। उनले भने, ‘शिक्षालाई बहुआयामिक पक्षबाट अध्ययन गर्ने तथा बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउन प्रयोगतात्मक रुपले अनुशरण गर्ने आवश्यकतालाई दृष्टिगत गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्छ।’ नेपालमा प्रचलित ३ वटा यानहरु थेरवान, महायान, बज्रयानभित्रका परम्परालाई शैक्षिक प्रणालीको मूलधारसँग जोड्ने गरी पाठ्यक्रमको निर्माण गर्न आवश्यक रहेको उनकाे भनाइ थियाे।

मन्त्री पौडेलले अनुसन्धान कार्यलाई शिक्षण सिकाईको अभिन्न अंग बनाउनका अतिरिक्त संकायको प्राज्ञिक क्षमतलाई सुदृढ बनाउनका लागि विश्वविद्यालयका शिक्षक, प्राध्यापकहरुलाई अनुसन्धानमा अभिप्रेरित गर्नुपर्ने बताए। लुम्बिनीको शैक्षिक विकासका लागि मन्त्रालयले थप सहयोग गर्ने बताउँदै दुरदृष्टियोजना र कार्यक्रमलाई सफल बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले शैक्षिक कार्यक्रमहरु वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, प्राविधिक तथा बौद्ध शीपयु क्त जनशक्ति उत्पादनमा केन्द्रीत रहनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्