फेसबुक दर्ता गर्ने निर्णय फिर्ता नलिए अनशन बस्छु : डा. गाेविन्द केसी

gobinda kc
लाेकपाटी न्यूज

काठमाडौं, ८ फागुन । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा गोविन्द केसीले आफू १७ औं अनशन बस्ने तयारीमा रहेको बताएका छन् ।

उनले हालै संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धि विधेयक तत्काल नसच्याए जुनसुकै समयमा १७ औं अनशन थाल्ने चेतावनी सरकारलाई दिएका छन् ।

यस अघि १६ औं अनशन पनि केसीले अचानक वि.सं. २०७५ पुस २५ गते बाट सुरु गरेका थिए । चिकित्सा शिक्षा विद्येयक आफूसँग भएको सहमतिअनुसार आउनु पर्छ भन्दै अनशन बसेका केसी सरकारले माग सम्बोधन नगरेपछि आफैँले गत माघ १८ गते अनशन तोडेका थिए । तर, उनले बुधबार पुनः एक विज्ञप्ति जारी गर्दै आफूले १७ औं अनशनको तयारी गरिरहेको बताएका छन् ।

डा. केसीले विज्ञप्तिमा लेखेका छन्, ‘संसदमा दर्ता भएका दुई विधेयकमा हाम्रो गम्भीर आपत्ति छ । जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजिँदै छ । नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य छैन । त्यसैले १५औं सत्याग्रहका माग पनि अविलम्ब कार्यान्यवन गर्न जोड्दार माग गर्दछौँ । अन्यथा, जुनसुकै समयमा आमरण अनशन सुरु हुनेछ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्