चितवन महाधिवेशन छोडेर काठमाडौं फर्किए लालबाबु पण्डित

lalbabu
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनको सौराहामा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं फर्किएका छन्। पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन्।

पण्डितले भने, ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिनँ भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ। बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु।’

निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने आफू अनिच्छुक भएकाले काठमाडौं फर्किएको बताए।