काठमाडाैं। नेकपा एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेकाे आसन्न १० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने सपना देखेका ओलीले अध्यक्ष पदमा भीम रावलकाे उम्मेदवारी दर्ता भएपछि आफ्नाे पनि उम्मेदवारी दर्ता गराएका हुन्। ओलीको उम्मेदवारीकाे प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।
त्यस्तै भीम रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दुधकला विष्ट रहेका छन् ।



लोकपाटी न्यूज

