काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुटका नेताहरु एकआपसमा भीडन्तमा लागेका छन् । सभापति देउवा निकट रहेका ललितपुरका निवर्तमान सभापति र तरुण दलका पूर्व अध्यक्ष उदय शमशेर राणाका बीचमा मारामार देखिएको छ ।
ललितपुर जिल्ला अधिवेशनमा अमात्य र राणाका बीचको मारामार देखियो । अमात्यले प्रकाशमान निकट रहेका रामकृष्ण चित्रकारलाई दोश्रो चरणमा सभापतिमा सहयोग गरे भने राणा र तरुण दलका वर्तमान अध्यक्ष जीतजंग बस्नेतले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जितेन्द्रकुमार श्रेष्ठलाई सहयोग गरे ।
त्यस्तै कञ्चनपुरमा नेता एनपी साउद र रमेश लेखकको मारामार देखिएको छ । कञ्चनपुरको जिल्ला अधिवेशनमा साउद र लेखकले आ-आफ्नो उमेदवार प्यानल बनाएर उठाएका थिए । कञ्चनपुरमा लेखक पक्षमा उमेरदवार पदम बोगटी सभापति बने ।
स्याङजामा पनि गोपालमान श्रेष्ठ र सभापति राजु थापाका बीचमा मारामार भएपछि राजु थापाले गोपालमानको साथ छोडेर बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहयोगमा सभापतिमा जीत हात पारेका हुन् ।
त्यस्तै रुपन्देहीमा पनि गृहमन्त्री बालकृष्ण खाँण, लेखा समितिका सभापति भरत शाह र निवर्तमान सभापति अब्दुल रज्जाकका बीचमा कडा प्रतिस्पर्धा रहेको छ। यी नेताको झगडा मिलाउनका लागि गृहमन्त्री खाँण ढुक्कै रुपन्देहीमा बसेका छन् ।



लोकपाटी न्यूज

