‘राजीनामा दिँदैमा काेही कारवाहीबाट उम्कन पाउँदैन’

kp sharma oli
लाेकपाटी न्यूज

डडेल्धुरा, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनारायण पाठकले राजीनामा दिँदैमा नजोगिने बताएका छन् ।

चमेलिया जलविद्युत् आयोजना अन्र्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२ र ३३ र ११ केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारका सदस्यहरु समेत करबाहीबाट उम्किन राजीनामा दिएर भाग्नुपर्ने अवस्थामा भएपनि कारबाहीबाट कोही पनि उम्कन नपाउने बताएका हुन् । उनले भने, ‘कोही पनि कारवाहीबाट बच्न सक्दैन । छानविन हुन्छ, कारबाही हुन्छ ।’

७८ लाख रुपैयाँ घुस लिउको सार्वजनिक भएपछि अख्तियारका तत्कालीन आयुक्त पाठकले अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको आयुक्तबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोर्होयाए । भ्रष्टाचार गर्ने जो सुकै भए पनि कारबाहीमा पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्