जनार्दनको पहलमा प्राविधिक शिक्षालयको स्थापना

52439670_2766227150268431_3703128726825861120_o
लाेकपाटी न्यूज

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को विशेष पहलमा पश्चिम रुकुमको चौरजहारीमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदअन्तर्गत बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको छ ।

मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र पूर्वमन्त्री शर्माले शिक्षालयको उद्घाटन गरेका छन् । कर्णाली प्रदेशको पश्चिम रुकुममा बहुप्राविधिक शिक्षा अध्ययन गराउने उद्देश्यसहित शिक्षालयको स्थापना गरिएको हो ।

शहिद यज्ञश्वर शर्माको स्मृतिमा उक्त शिक्षालय स्थापना गरिएको हो । बहुप्राविधिक शिक्षालय नाम दिइएको उक्त शिक्षालयमा कृषि, भेटेरेनरी लगायतका प्राविधिक विषयमा पढाइ हुनेछ । यसले कर्णाली प्रदेशको कृषि, जुडीबुटी र पशुपालनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

नेकपाका कर्णाली प्रदेशका ईन्चार्जसमेत रहेका शर्मा पछिल्लो समय प्रदेशका राजनीतिक, आर्थिक र पूर्वाधार विकासका गतिविधिमा थप सक्रियताका साथ लागेका छन् । उनले पार्टीका गतिविधिलाई मात्रै अगाडि बढाएका छैनन्, जनसरोकारका मुद्दा र विकास–निर्माणमा पनि त्यत्तिकै पहल लिइरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्