अबकाे सरकारकाे नेतृत्व एमालेले गर्छ : प्रदीप ज्ञवाली

pradip
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १२ महिनापछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गर्ने क्रममा उद्घोषकको भूमिका निर्वाह गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

ओलीले झन्डोत्तोलन गरेका झण्डातर्फ औंल्याउँदै ज्ञवालीले जसरी एमालेको झण्डा र यसको चुनाव चिह्न अंकित झण्डा माथि पुगेर फहराइरहेको छ, त्यसरी नै अबको १२ महिनापछि एमालेले देशको नेतृत्व गर्छ ।

उनले एउटा तप्काले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विम्ब बनाएर आलोचना गर्दै आएको टिप्पणी गर्दै जतिजति ओलीको आलोचना गरिन्छ, त्यति त्यति ओलीकै लोकप्रियता बढ्दै गएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्