कपिलवस्तु, ८ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कवि सम्मेलन हुने भएको छ ।
सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत साँस्कृतिक कार्यक्रम भन्ने नारासहित मुख्य नारा सहित विजयनगर गाउँपालिकाको आयोजनामा यही फागुन १० गते कवि सम्मेलन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाले कवि सम्मेलनको तयारी तिब्र रुपले अघि बढेको बताए । उनले उक्त कार्यक्रमले दिगो विकासको सम्भावना खुल्ने र सामाजिक सद्भावसमेत कायम हुने विस्वास व्यक्त गरे ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले कार्यक्रमले दिर्घकालिन रुपमा जिल्लाको विकासमा टेवा पुग्ने विश्वास राख्दै कार्यक्रमलाई सफल पार्न सञ्चार माध्यमले सकारात्मक भुमीका खेल्नु पर्नेमा जोड दिए ।
उक्त सम्मेलनमा नेकपा अध्यक्ष पुक्ष्कमल दाहाल प्रचण्ड, नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरी, पूर्व मन्त्री माननीय हृदेश त्रिपाठीको सहभागीता रहेने सम्मेलन जानकारी दिइयो ।
कार्यक्रममा अनामिका अम्बर, जोहर कानपुरी, सबिना अदिव, रमेश बासुरी, डा.अनिल चौबे, विकाश बौखल, सौरभ जैन, जाहिद अजादलगायतका कविहरुले कविता तथा गजल वाचन गर्ने बताइएको छ ।
यस कार्यक्रमले विजयनगरको विकासमा ठुलो सहयोग मिल्ने विश्वास आयोजकले लिएको छ ।



लाेकपाटी न्यूज

