‘डब्लु एफ पी’ निर्देशक अब्दुलाह र मन्त्री चौधरीबीच भेटवार्ता

Ramkumari chaudhary
लाेकपाटी न्यूज

रोम, ८ फागुन । कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री राम कुमारी चौधरी नेतृत्वको टोली र विश्व खाद्य कार्यक्रमका उप कार्यकारी निर्देशक अमीर महम्म अब्दुलाहबीच भेटवार्ता भएको छ ।

इटाली रोम स्थित विश्व खाद्य कार्यक्रमको केन्द्रिय कार्यलयमा भएको भेटवर्तामा मन्त्री चौधरीले ‘डब्लु एफ पी’ले नेपाल सरकारसँग गरी रहेको सहकार्य उल्लेखनीय रहेको बताइन् ।

खास गरी नेपालमा स्कुले बच्चाहरुको खाना ,बच्चा र आमाको स्वास्थ ,सिचाइ ,खाद्य सुरक्षा ,भुकम्पपीडित र बाढीपीडितहरुलाई गरेको सहयोग मनन योग्य रहेको उनको भनाइ छ । उनले इटलीबाट थप सहयोगको अपेक्षा राखेको पनि बताइन् । निर्देशक अब्दुल्लाहले नेपाललाई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त भेटवार्तामा कृषि तथा पशुपन्छी विकास क्षेत्रमा नेपालसँग मिलेर थप कार्यक्रम सञ्चालन गर्ने तथा हाल सञ्चालन रहेको खाद्य अनुगमन प्रणालीलाई स्थानीय सरकार र प्रदेश सरकारसम्म सफल रुपमा कार्यन्वयन गर्न सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

सोहि अवसरमा एसिया क्षेत्रीय विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड काटरुडले नेपाललाई नजिकबाट नियालेको बताउँदै नेपालका लागि ५ वर्षे योजना बनाएर अगाडी बढ्ने बताए ।

निर्देशक अब्दुल्लाहले गत नोभेम्बरमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्री डा. युवराज खतिवडाको भ्रमणले कृषि क्षेत्रको विकासमा जोड दिएको बताए । साथै उनले छिट्टै नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्