काठमाडाैं। राप्रपाको आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्। यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
युवा पुस्ताकाे हातमा नेतृत्व हुनुपर्ने पक्षमा रहेका दुबै नेताबीच यो महाधिवेशनबाट सहकार्य हुन लागेको हो । सोही क्रममा लिङ्देनलाई सघाउन राणाले उम्मेदवारी नदिने समेत सहमति भएको छ।
स्रोतका अनुसार राजेन्द्रले मंसिर ९ गते पत्रकार सम्मेलन गरेर प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । लिङ्देनको टिममा राणा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ ।



लोकपाटी न्यूज

