प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले लिए शपथ

Madhesh
लोकपाटी न्यूज

जनकपुरधाम। प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आइतबार बिहान शपथ ग्रहण गरेका हुन्।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन्। जनकपुरधामस्थित मधेश भवनमा आइतबार बिहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्