रुपन्देहीबाट एक युवाको अपहरण

Kidnapped
लोकपाटी न्यूज

काठमाडाैं। रुपन्देहीबाट भारतीय व्यक्तिहरुको समूहले नेपाली युवालाई अपहरण गरेको परिवारले दावी गरेको छ । रुपन्देहीको दक्षिणी भेगमा पर्ने रोहिणी गाउँपालिका–२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाकाे समूहले हिजो साँझ अपहरण गरेको परिवारको दाबी छ ।

परिवारका सदस्यहरुले भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएर अपहरण गरेको दावी गरेका छन् । अनिलकी आमा सुधा कहारले आफ्नो छोरालाई मोटरसाइकलमा भारततर्फ नै लगेको बताएकी छन् ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेकाे बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्