काठमाडौं, ७ फागुन । मंगलबार काठमाण्डौंसहित मध्य तथा पश्चिमका केही ठाउँमा पानी पर्यो । मौसमविद्ले पश्चिमी वायुको प्रभावका कारण पानी परेको बताएका छन् ।
मौसमविद् मञ्जु बासीले आज दिउँसो देशभरिकै मौसम बदली भई पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको बताइन् ।
यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको पनि उनको भनाई छ ।



लाेकपाटी न्यूज

